रोशी सहकर्मी–फागुन २९,
२०७६,काभ्रे/

जिल्लाको महाभारत गाउँपालिकामा आफुले काटेको रुख ढलेर लाग्दा एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नं. ६, दमारबेसीमा रुखकाटी ढाल्दा टाउकोमा लाग्दा सल्लेनी निवासी वर्ष ४१ का निलध्वज वाईबाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार मंगलबार छिमेकी श्याम लामाको घर निर्माणको लागि निजकै बारीमा रहेको साल प्रजातिको रुख काटेका थिए । रुख ढल्दा टाउकोमा लागेपछि वाईबाको घट्नास्थलमै मृत्यु हो । घट्ना घटेको सूचना प्राप्त हुन साथ तत्काल ईलाका प्रहरी कार्यालय देबिटारबाट र जिल्ला प्रहरी कार्यालय, काभ्रेबाट घट्नास्थलमा अनुसन्धानको लागि पुगेको थियो ।
वाईबाको लास पोष्टमार्टम पछि उनका आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments