काभ्रे,
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा(दलित) कार्यपालिका सदस्यतथा १ देखि १२ सम्मका सबै दलितमहिला सदस्यहरुको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफलमा गाउँपालिका स्तरीय दलित समन्वय तदर्थ समितिको संयोजक सुनिता लामगादेको अध्यक्षतामा आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रम अन्तर्गत दलित समुदायको उत्थान कार्यक्रमको लागि विनियोजित बजेटलाई सीप विकास तालिममा जोड दिने निर्णय गरिएको छ । जस अन्तरगत रोशी १,७ र ११ मा सीप विकास तथा रोजगारी लगानी गर्ने, जसमा आरन सुधार गर्ने, सिलाई सीप सिकाउने निर्णय गरिएको छ ।
त्यसैगरी वडा नं. ४ को दलित इच्छुक महिलाहरुलाई व्युटि पार्लर सम्बन्धि सीप सिकाउने निर्णय गरिएको महिला, बालबालिकातथा ज्येष्ठ नागरिक शाखाका प्रमुख प्रज्वला राईले जानकारी दिनुभयो । वैठकमा प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङ, कार्य पालिका सदस्य तुलसा दमाई र सुनिता लामगादे लगायत सबै वडाका दलित महिला सदस्यहरुको उपस्थिति रहेको थियो ।