Friday, July 3, 2026
Date
शुक्र, असार १९, २०८३
Fri, July 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बेथानचोक गाउँपालिकालाई काठमाडौँ र हेटौँडासँग जोड्ने सडक कालोपत्रे हुँदै

RadioRoshi by RadioRoshi
बिहिबार, फाल्गुन ४, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
बेथानचोक गाउँपालिकालाई काठमाडौँ र हेटौँडासँग जोड्ने सडक कालोपत्रे हुँदै
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बेथानचोक गाउँपालिकालाई संघीय राजधानी काठमाडौँ तथा प्रदेश राजधानी हेटौँडासँग जोड्ने सडकअन्तर्गत मुसेखोल्सादेखि चलाल गणेश स्थानसम्मको साढे तीन किलोमिटर खण्डको स्तरोन्नति सुरु भएको छ । गाउँपालिका अध्यक्ष भगवान् अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिनालगायत जनप्रतिनिधिहरूले सडक स्तरोन्नति कार्यको उद्घाटन गर्नुभएको हो । गाउँपालिकाको चलाल गणेस्थानदेखि गेल्लुङसम्मको ५ किलोमिटर सडक यसअघि नै कालोपत्रे भइसकेको छ । गाउँपालिकाले आफ्नै स्रोतबाट सडकको स्तरोन्नति गर्न लागेको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले बताउनुभयो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो


सडक स्तरोन्नतिपछि गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने तथा स्थानीयस्तरमा उत्पादित सामाग्रीहरूलाई सहज र छिटो रूपमा निर्यात गरेर ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने अधिकारीले बताउनुभयो । आगामी जेठ २५ भित्र निर्माण सम्पन्न गर्ने गरी श्री जोशी जी र घिसिङ जेभीलाई कालोपत्रे तथा ढलानको ठेक्का दिइएको छ । ५ दशमलव ५ मिटर चौडाइको सडकको १ किलोमिटर १ सय ८५ किलोमिटर दूरी ढलान गरिने तथा २ किलोमिटर ५५० मिटर दूरी कालोपत्रे गरिने तथा ल्याब टेस्ट गराएर गुणस्तरीय निर्माण सामाग्रीहरूमात्रै कालोपत्रेका लागि प्रयोग गरिने गाउँपालिकाका प्रवक्ता मधुसूदन तिम्सिनाले जानकारी दिनुभयो ।
त्यस्तै, खोला किनारमा जाली ओछ्याउने, यसअघि बनाइएका ड्रेन बनाउने र नयाँ ठाउँमा ड्रेन बनाउने काम पनि हुने बताइएको छ। गाउँपालिकाले आगामी ५ वर्षभित्र गाउँका प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गर्ने तथा प्रत्येक वर्ष कम्तीमा ५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना तयार गरेको छ । त्यस्तै, दुर्लुङखोलादेखि च्याम्राङवेसीसम्म सुरूङमार्ग बनाउने तथा ग्रामीण सडकहरूलाई स्तरोन्नति गर्ने गाउँपालिकाको लक्ष्य रहेको बताइएको छ।

Previous Post

गृहिणीहरुलाई लक्षित गर्दै बनेपामा कौसी खेती तालिम सञ्चालन

Next Post

ल्होत्से मलको लुटपाटमा चालक र सह–चालक नै संलग्न, १५ जना पक्राउ

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
ल्होत्से मलको लुटपाटमा चालक र सह–चालक नै संलग्न, १५ जना पक्राउ

ल्होत्से मलको लुटपाटमा चालक र सह–चालक नै संलग्न, १५ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

सम्भावित ‘महाभुकम्प’ को पूर्वतयारी गर्न जापानका प्रधानमन्त्रीले गरे विदेश भ्रमण रद्द

सम्भावित ‘महाभुकम्प’ को पूर्वतयारी गर्न जापानका प्रधानमन्त्रीले गरे विदेश भ्रमण रद्द

शुक्रबार, साउन २५, २०८१
नमोबुद्धका स्वास्थ्यकर्मीलाई नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी तालिम

नमोबुद्धका स्वास्थ्यकर्मीलाई नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी तालिम

बुधबार, असार १३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.