काभ्रे,
बेथानचोक गाउँपालिका ४ चलालगणेशस्थान बस दुर्घटनाका मृतकको क्षतिपूर्ति रकम जिल्ला प्रशासन कार्यालय काभ्रेलाई हस्तान्तरण गरीएको छ । काभ्रे पुण्यवती यातायात प्रालिले मृतकका परिवारलाई प्रदान गरिने क्षतिपूर्ति रकम जिल्ला प्रशासन कार्यालय काभ्रेलाई बुझाएको हो । प्रतिव्यक्ति ५ लाख रुपैयाँका दरले दुर्घटनामा परी मृत्यु भएका १७ जनाको परिवारलाई ८५ लाख रुपैयाँको चेक जिल्ला प्रशासन कार्यालय काभ्रेलाई हस्तान्तरण गरिएको हो ।
युनाइटेड इन्सुरेन्स कम्पनी (नेपाल) लिमिटेड मार्फत काभ्रे पुण्यवती यातायात प्रालिलाई प्राप्त भएको उक्त रकम प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई हस्तारण गरिएको हो । मंसिर २७ गते चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा परी १७ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा घाइते भएका २२ जना घाइतेमध्ये ३ जना अझै पनि उपचाररत रहेको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले जानकारी दिनुभयो ।