रोशी सहकर्मी–चैत्र ८,
२०७६,काभ्रे/

कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि चौंरीदेउराली गाउँपालिकाले दुई स्थानमा हेल्थ डेक्स स्थापना गर्ने भएको छ । गाउँपालिका अध्यक्ष दिननाथ गौतमले पालिका प्रवेश गर्ने मुख्य नाका दोलालघाट बजार र खहरेघाटमा हेल्थ डेक्स स्थापना गर्ने निर्णय भएको जानकारी दिनुभयो । गाउँपालिकास्तरीय विपद व्यवस्थापन समितिको बैठकले कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रणको पालिकाले माक्स उत्पादन गरेर बाँड्ने निर्णय गरेको छ । प्रत्येक नागरिकलाई निःशुल्क माक्स बाँड्ने अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
बैठकले चौंरीदेउराली गाउँपालिका भित्रका सबै स्वास्थ्यकर्मीहरुलाई अति आवश्यक कुरामा बाहेक छुट्टी नदिने निर्णय गरेको छ । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि जनचेतना जगाउने निर्णय बैठकले गरेको छ । गाउँ–गाउँ, टोल–टोलमा सचेतना जगाउन निर्णय गरेको गाउँपालिका अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

Facebook Comments