रोशी सहकर्मी–चैत्र ८,
२०७६,काभ्रे/

२०७२ सालको भूकम्पले भत्किएका करिब ५१ हजार घरको पुनर्निर्माण सकिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन कार्यालय काभ्रेका अनुसार जिल्लाका ५१ हजार ४५७ अर्थात (६१ प्रतिशत) भूकम्प पीडितले आवास निर्माण सम्पन्न गरेर तेस्रो किस्ता लगेका छन ।
जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन कार्यालय काभ्रेका लेखा अधिकृत एव्म सूचना अधिकारी गणेश घिमिरेले जिल्लामा ८४ हजार ४८६ भूकम्प पीडितको लाभग्राहीमा नाम प्रकाशित भएको भएपनि अहिले सम्म ९० प्रतिशतले मात्र सम्झौता गरेका छन । ७६ हजार ६८४ भूकम्प पीडितले सम्झौता गरेका छन । त्यस्तै ६० हजार ८१२ अर्थात ७२ प्रतिशत लाभग्राहीले दोस्रो किस्ता बापतको रकम लिएका छन ।
नेपाल सरकारले तीन चरणमा भूकम्प पीडितलाई रकम दिदैँ आएको छ । सम्झौता गरेपछि ५० हजार, डीपीसी गरेपछि एक लाख ५० हजार र आवास निर्माण सम्पन्न भएपछि एक लाख गरी तीन लाख रुपियाँ दिने गरेको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन कार्यालय काभ्रेले १७ अर्ब ९३ करोड ९५ लाख रकम जिल्लाका भूकम्प पीडितलाई भूक्तानी गरिसकेको छ ।

Facebook Comments