यश कुमार परियार–चैत्र ११,
२०७६,काभ्रे/

लकडाउन अर्थात् बन्दका कारण देशभित्रका नागरिक भने घरमा नै बसिरहेका छन् । लकडाउनका कारण गाउँ शहरहरु सुनसान बनेका छन् । केही निस्किएकाहरुलाइ पनि प्रहरीले घर भित्रै बस्न र रोग लाग्नबाट बच्न आग्रह गरिरहेको छ । आज बिहान ६ बजेबाट (चैत्र ११ देखि १८ गते सम्म) देश लकडाउन गरीएको छ । यसैबीच, जिल्ल्ला प्रशासन कार्यलय काभ्रेपलाञ्चोकले ‘लकडाउन’को अवधिभर बाहिर ननिस्कन जिल्लावासीलाई आदेश दिईएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले आज एक सुचना जारी गर्दै कोरोना भाइरसको संक्रमणलाई नेपालमा फैलिन नदिन नेपाल सरकारले लकडाउन विधि अपनाएको भन्दै यसलाई सफल बनाउन आदेश जारी गरेको हो । साथै सुचनालाई अवज्ञा गरी कोहि कसैबाट अवहेलना भएमा कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धमा संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार गरी प्रचलित कानुन बमोजिम कारवाहि हुने र स्थाीय प्रशासन ऐन २०२८ को समेत आवश्यकता अनुसार प्रयोग हुने बताईएको छ ।

Facebook Comments Box