काभ्रे,
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कोट तेमालकी धर्मिला तामाङ पहिलो तामाङ महिला पाइलट बन्नुभएको छ । तामाङ महिलाको इतिहासमा धर्मिलाले पहिलो पटक पाइलटको कोर्ष पुरा गर्नुभएको हो । फिलिपिन्सबाट पाईलट कोर्ष पुरा गर्नुभएकी धर्मिलाले छिट्टै नेपाली आकाशमा फ्लाईट गर्ने तयारीमा रहेको बताउनुभयो । साढे एक महिना अघि मात्रै पाइलट कोर्ष पुरा गरेर धर्मिला नेपाल फर्किनुभएको हो ।
पाइलट कोर्ष पुरा गर्नुभएकी धर्मिलालाई नेपाल तामाङ घेदुङ संघले सम्मान समेत गरेको छ । सोनाम ल्छोहार २८५९ औं (ह्योअी÷तावर ल्हो) को अवसरमा काठमाण्डौको टुडिखेलमा आयोजित कार्यक्रममा तामाङ महिलाको इतिहासमै पहिला महिला पाइलट कोर्ष पुरा गरेको भन्दै धर्मिलालाई संघले सम्मान गरेको हो ।