रोशी सहकर्मी–चैत्र ११,
२०७६,सिन्धुपाल्चोक/

कोरोना रोकथाम कोषमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिमा रहेका कर्मचारीले एक महिनाको दश प्रतिशत रकम जम्मा गर्ने भएका छन् । सरकारले कोरोना भाइरस (कोभिड(१९)को उपचारमा खर्च गर्न स्थापना गरेको कोषमा जम्मा गर्ने निर्णय भएको गाउपालिकाला प्रमुख प्रशासकिय अधिकृत गणेश राम पोखरेलको भनाई छ । सरकारले कोरोना भाइरसको नेपालमा संक्रमण भएमा खर्च जुटाउनका लागि कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ स्थापना गरेको छ । कोषमा पालिका भित्र रहेका शिक्षण पेसा बाहेकका निजामति र करारमा रहेका सबै कर्मचारीले पारिश्रमिक जम्मा गर्ने निर्णय गरेका छन् । गाउँपालिकाका ईन्जिनियर सुनिल श्रेष्ठका अनुसार ६२ जना कर्मचारीहरुले एक महिनाको दश प्रतिशत रकम उक्त कोषमा जम्मा गर्नेछन् ।

Facebook Comments Box