रोशी सहकर्मी–चैत्र १२,
२०७६,भक्तपुर/

तेल सकिई रोकी राखेको ट्रकसँग मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मोटरसाईकलमा सवार अन्य दुई घाईते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाईकल चालक सिन्धुपाल्चोक जुगल घर भई हाल भक्तपुर कमलबिनायक बस्ने बर्ष २८ को उत्तर बहादुर तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । सरकारले लकडाउन गरिरहेको अबस्थामा अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगातीमा गए राति ना ६ ख ११०३ नं को ट्रकलाई सुर्य्बिनायक बाट साँगा तर्फ जादै गरेको बा ९० प ४०४० नं को मोटरसाईकलले पछाडीबाट ठक्कर दिंदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सिन्धुपाल्चोक जुगल नै घर भई हाल भक्तपुर कमलविनायक बस्ने वर्ष २८ का आकाश तामाङको गम्भिर घाईते अबस्थामा केएम सी अस्पताल सिनामंगलमा उपचार भैरहेको छ । अर्का घाईते सिन्धुपाल्चोक जुगल नै घर भई हाल जिल्ला भक्तपुर कमलविनायक बस्ने वर्ष ११ की कोलसङ डोल्मा तामाङलाई भने डा.ईवामुरा अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । मृतक र घाईते सबै आफन्त रहेको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधन र ट्रक चालक चितवन भरतपुर १६ बस्ने वर्ष २६ को दुर्गा बहादुर तामाङलाई महानगरीय प्रहरी वृत जगातीको नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

Facebook Comments Box