Saturday, May 9, 2026
Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नगरकोटमा पहिलो पटक प्राङ्गारिक उन्मुख तकारीको हाट बजार शुरु

RadioRoshi by RadioRoshi
शुक्रबार, साउन १९, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
नगरकोटमा पहिलो पटक प्राङ्गारिक उन्मुख तकारीको हाट बजार शुरु
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

पर्यटकीय क्षेत्र नगरकोटमा ईतिहासमै पहिलो पटक प्राङ्गारिक उन्मुख तरकारीको हाट बजार शुरु गरिएको छ । आजबाट प्राङ्गारिक उन्मुख तरकारीको हाट बजार सञ्चालनमा ल्याइएको हो । मण्डनदेउपुर पिजिएस प्रमाणीकरण कृषक समूहद्वारा उत्पादित प्राङ्गरिक उन्मुख तरकारी विक्रीका लागि सञ्चालनमा लाइएको हाट बजारको नगरप्रमुख टोक बहादुर वाईबाले शुभारम्भ गर्नु भएको थियो । हाट बजार प्रत्येक हप्ताको शुक्रबार र शनिबार सञ्चालन हुनेछ । प्राङ्गारिक तरकारीको हाट बजार शुभारम्भ गर्दै नगरप्रमुख वाईबाले नगरकोट क्षेत्रका होटल ब्यवसायीलाई मण्डनदेउपुर नगरपालिकामा उत्पादित तरकारी तथा फलफूल किनेर किसानको आयआर्जन बृद्धिमा सहयोग गर्न आग्रह गर्नुभयो । नगरप्रमुख वाईबाले बाहिरबाट तरकारी तथा फलफूल ल्याउनुभन्दा स्थानीय स्तरमै उत्पादित प्राङ्गारिक उन्मुख तरकारी यहाँका होटलहरुले आफ्नो पाहुनालाई खुवाउनअनुरोध गर्नुभयो । ‘नगरकोटका होटलले यहाँकै किसानले फलाएको तरकारी किनिदिनुपर्छ । सबै होटललाई त नपुग्ला तर जति उत्पादन हुन्छ र पुग्छ । त्यो यहाँकै होटलले खपत गरिदिने हो भने उत्पादनपछि किसानलाई बजारको चिन्ता हुँदैन् । यो मेरो अघिल्लो कार्यकालदेखिकै योजना हो । अहिले आएर शुरुवात भएको छ ।यसलाई थप ब्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने छौँ । म यहाँका होटल ब्यवसायीलाई आग्रह गर्न चाहान्छु स्थानीय उत्पादन खुवाउनुहोस् ।’ नगरप्रमुख वाईबाले भन्नुभयो ।

You might also like

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

नगरप्रमुख वाईबाले नगरकोट क्षेत्रमा सितभण्डारण निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । ‘तरकारी भनेको छिट्टै कुहिने चिज हो । शुक्रबारको हाट बजारमा बिक्री नभएका तरकारी त्यो रात यहीँ राख्न सकियो भने किसानलाई दुःख कम हुन्छ । त्यसका लागि सितभण्डारण आवश्यक छ । त्यो निर्माणका लागि नगरपालिकाले विभिन्न संघसंस्थासंग साझेदारी गर्छ ।’ नगरप्रमुख वाईबाको भनाई थियो ।
चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ रुपान्तरित नाम महामञ्जुश्री चोकमा हाटबजार सञ्चालनमा ल्याइएको छ । आपसी सहयोग केन्द्र स्याङ्जा नेपाल, काभ्रे शाखा अन्तर्गतकाभ्रे एकीकृत ग्रामीण सशक्तिकरण कार्यक्रमको ब्यवस्थापनमा हाटबजार सञ्चालन गरिएको हो । यो परियोजना विगत दुई वर्षदेखि मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ मा सञ्चालित छ । २० वटा प्राङ्गारिक कृषक समूहमा ५०६ जना किसानआबद्ध रहेको परियोजनाका कृषि प्राविधिक जगत बहादुर शाहीले जानकारी दिनुभयो ।
हाटबजारको पहिलोदिन विक्री गर्ने किसान र खरिद गर्ने उपभोक्ताको निकै उत्साहपूर्ण सहभागिता रहेको थियो । यसलाई निरन्तरता दिन नगरपालिकाले गर्नुपर्ने सहयोग गर्न तत्पर रहेको नगरप्रमुख वाईबाले बताउनुभएको छ । हाट बजार सञ्चालनमा आएपछि होटल तथा पर्यटन ब्यवसायी निकै खुशी भएका छन् ।

कार्यक्रममा बोल्दै मण्डनदेउपुर नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का वडा अध्यक्ष पुरुषोत्तम बजगाईँले हाट बजारले किसानमा जागण ल्याएको बताउनुभयो । ‘किसानले उत्पादन गरेको चिज, किसानले नै बिक्री गर्न पाउनु राम्रो कुरा हो ।’ वडा अध्यक्ष बजगाईँले भन्नुभयो । वडा नम्बर २ का वडा अध्यक्ष राज कुमार मल्लेपर्यटकीय क्षेत्रमा अति आवश्यक हाटबजार शुरु हुनु सकारात्मक पक्ष भएको बताउनुभयो । ढिलै भएपनि राम्रो काम थालनी भएको भन्दै उहाँले हस्ताकलाका सामग्री समेत हाट बजारमा विक्रीका लागि राख्नु पर्ने बताउनुभयो ।
चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धन बहादुर लामाले नगरकोटमा अब हरेक हप्ता शुक्रबारे हाट बजारको रूपमा विकास गर्ने बताउनुभयो । सबै पक्षसंग हातेमालो गर्दै प्रत्येक शुक्रबार मेलाकै रूपमा ब्यवस्थित गर्दै जाने उहाँको भनाई थियो ।
काभ्रे एकीकृत ग्रामीण सशक्तिकरण कार्यक्रमकासंयोजक बद्री प्रसाद माकाजुलेकिसानलाई बजारीकरणमा हाटबजारले सहयोग पुगेको बताउनुभयो । स्थानीय स्तरमा उत्पादन भएका प्राङ्गारिक तरकारी चिनो स्वरूप अन्य ठाउँमा समेत लैजान सकिने माकाजुले बताउनुभयो । माकाजुले हाट बजारमा किसानले बिक्रीका लागि ल्याएको तरकारी घर फिर्ता नलैजाने वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो । नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले नगरकोटका होटल तथा रिसोर्टमा स्थानीय स्तरकै तरकारी उपलब्ध गराउन हाट बजारले मद्दत पुग्ने बताउनुभयो ।नगरकोटमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकहरूको आवागमन बढी हुने गर्दछ । त्यही आवागमनलाई लक्षित गरेर हाट बजारको शुरुवात गरिएको हो ।

मण्डनदेउपुर पिजिएस प्रमाणीकरण कृषक समूहका सचिव गणेश घोरासैनीले प्राङ्गारिक तरकारी खेतीको उचित मूल्यांकन नभैरहेको अवस्थामा हाट बजारले किसानलाई हौसला प्रदान गरेको बताउनुभयो । वडा नम्बर ३ नयाँगाउँ मानेडाँडाका किसान टुक प्रसाद तिमल्सिनाले बिना विषादी तरकारी उत्पादन तर्फ किसानहरु लागिसकेको भन्दै यस्ता बजारले थप उत्प्रेरणा दिने बताउनुभयो । वडा नम्बर ४सर्वझाङका किसानराम बहादुर बजगाईंले हाट बजारले किसान र उपभोक्तालाईविचौलियाबाट हुने ठगी नियन्त्रण गराउँदै सुपथ मुल्यमा स्वच्छ र ताजा तरकारी खान पाउने अवस्थाको सिर्जना भएको बताउनुभयो ।
हाट बजारमा तकारी तर्फ गोलभेँडा, काँक्रो,फर्सीको मुन्टा, बन्दा, काउली, अदुवा, तने बोडी, कर्कलोको गाभा, स्कुस, भटमास,हरियो सिमी, तिते करेला,खुर्सानी, नास्पाती, रैथान कुखुरा, धनियाँ, कागती,रैथाने बोडी, निउँरो, जिम्बुसुकेको सिमी,प्याज, लसुन राखिएको थियो । त्यसै घ्यू, मह र विभिन्न जातका फलफूलका विरुवा समेत बिक्रीका लागि किसानले राखेका थिए ।

Previous Post

यौन दुर्ब्यवहारको आरोप लागेका कुशादेवी मावि का शिक्षक गौतम पक्राउ

Next Post

रोशीमा घरधनीलाई कुटपिट गरी लुटपाट गर्न खोज्ने दुई जना नियन्त्रणमा

RadioRoshi

RadioRoshi

Related Posts

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

by RadioRoshi
शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

by RadioRoshi
बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

by RadioRoshi
मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
Next Post
रोशीमा घरधनीलाई कुटपिट गरी लुटपाट गर्न खोज्ने दुई जना नियन्त्रणमा

रोशीमा घरधनीलाई कुटपिट गरी लुटपाट गर्न खोज्ने दुई जना नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

भत्कियो सत्ता गठबन्धन, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति

भत्कियो सत्ता गठबन्धन, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति

सोमवार, फाल्गुन २१, २०८०
गढीमाई मेलाबाट सिरहातर्फ जाँदै गरेको स्कार्पियो दुर्घटना, चालकसहित ८ जनाको मृत्यु

गढीमाई मेलाबाट सिरहातर्फ जाँदै गरेको स्कार्पियो दुर्घटना, चालकसहित ८ जनाको मृत्यु

मङ्लबार, मंसिर २५, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.