रोशी सहकर्मी–चैत्र १२,
२०७६,सिन्धुपाल्चोक /

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको नव निर्मित भवनमा कोरोना संक्रमितहरुको इमर्जेन्सी उपचारका निमित्त आईसोलेसन वार्ड तयार गरिएको छ । आइसोलेसनको लागि चाहिने पूर्वाधार र अन्य आधारभूत सामग्री व्यवस्था गरी वार्ड सञ्चालन गरिएको जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङले बताउनुभएको छ । जिल्लाको पाँचपोखरि थाङ्पाल गाँउपालिकाले भोलिसम्म तिपेनिमा ३० वटा आईसोलेसन वार्ड तयार गरिने र प्रचार प्रसार जनचेतनाको कार्य जारी रहेको अधक्ष्य टासी लामाले जानकारी दिनुभयो ।

Facebook Comments