रोशी सहकर्मी–चैत्र १३,
२०७६,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकामा भएको वडा नं ९, १०, ११ र १२ का स्वास्थ्य संस्थाहरुमा अनुगमन तथा आवश्यक सामग्रीहरु वितरण गरिएको छ । रोशी गाउँपालिकाका अध्यक्ष दल बहादुर (डि.बि.) लामा सँगै खटिएको टोलीले जनचेतना मुलक घरदैलो कार्यक्रम पनि गरेको थियो ।
स्वास्थ्य संस्थामा आवश्यक सामग्री जस्तै मास्क, पारासिटामोल, डिकोल्ड, सेनिटाईजर, हेन्डवाश, डिटोल लगायत प्राथमिक उपचारका सामग्रीहरु विरताण गरीएको थियो । साथै विपदको समयमा स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई अत्यावश्यक काम बाहेकका काममा बिदा स्वीकृत नहुने निर्णय भए पनि त्यसलाई अवज्ञा गर्ने कर्मचारीलाई चेतावनी दिईएको थियो ।
गाउँपालिकाले यस अघि २ ठाउँमा १० बेडको आईसोलेसन तयार पारिसकेको छ । रोशी गाउँपालिका वडा नं ९ मंगलटारमा रहेका मंगल जन विजय माध्यमिक विद्यालयमा ५ बेडको र वडा नं २ मा रहेको लक्ष्मी नारायण माध्यमिक विद्यालयमा पनि ५ बेडको क्वारेनटाईन स्थापना गरीसकिएको छ ।

Facebook Comments