रोशी सहकर्मी–चैत्र १३,
२०७६,काभ्रे/

धुलिखेल अस्पतालले कोरोना भाइरसको शंका लागे फोन गर्न मिल्ने टोलफ्रि नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । अस्पतालले कोरोना भाईरस अर्थात कोभिड–१९ बारे केहि जिज्ञासा भएमा वा शैका लागेमा समपर्क गर्न भन्दै २ वटा नम्बर सार्वजनिक गरेको हो । अस्पतालले एनटिसीको सिम प्रयोग कर्ताको लागि पैसा नलाग्ने १६६००११२२०० र एनसेल प्रयोग कर्ताको लागि ९८०१५७५००६ मा फोन गर्न सक्ने अस्पतालले जनाएको छ ।
ज्वरो आएको, खोकी लागेको, सास फेर्न गाह्रो भएको वा कोरोना भाइरसको शंका लागे यहि नम्बरमा फोन गर्न आग्रह गरेको छ ।

Facebook Comments Box