रोशी सहकर्मी–जेठ ८,
२०७७,सिन्धुपाल्चोक/

इन्द्रावती गाउँपालिकाको कोरोना विपत रोकथाम कोषमा सिन्धु उत्थान केन्द्रले रु पचास हजार पाँच सय पचास रकम जम्मा गरेको छ । आज संस्थाका सचिव वासुदेव अधिकारीले गाँउपालिका अध्यक्ष वंशलाल तामाङलाई सो रकम बरावरको चेक हस्तान्तरण गर्नुभएको हो ।

युएन्डिपिको सामुदायिक बिपद न्यूनिकरन तथा ब्यबस्थापन कार्यक्रमका कर्मचारीहरुको तीन दिन बराबरको तलव स्वेच्छिक रुपमा उठाएर उक्त कोषमा रकम जम्मा गरिएको अधिकारीले जानकारी दिनुभयो ।

चेक बुझ्दै गाँउपालिकाको अध्यक्ष तामाङले सहयोगी प्रति आभार प्रकट गर्नुभएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो ।

Facebook Comments