
रोशी सहकर्मी–चैत्र १४,
२०७६,पनौती/
जिल्लाको पनौती नगरपालिकाले कोरोना भाईरसको नियन्त्रण तथा रोकथामका लागि १५ बेडको क्वारेन्ट वार्ड तयार पारेको छ ।
वडा नम्बर १० खोपासीमा रहेको महिला तथा बालविकास केन्द्रको भवनमा क्वारेन्ट तयार गरिएको बरिष्ठ प्रशासकीय अकिृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
औषधि, स्वास्थ्यकर्मी तथा अन्य सामाग्रीहरु सहितको क्वारेन्टाइन वार्ड तयार पारिएकोे हो । पालिकाले वडा नम्बर ७ मा निर्माणधिन क्षेत्रिय रंगशालाको कवर्ड हलमा पनि क्वारेन्टाइन कक्ष सञ्चाल गर्ने तयारी गरिहेको नगरप्रमुख भिम प्रसाद न्यौपानेले बताए ।