काभ्रे,
काभ्रे जिल्लाको विकट क्षेत्रमा रहेको खानीखोला गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सागर जिम्बाको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर चार्टड गरेर उपचारको लागि काठमाण्डौ लगिएको छ । आज विहान एक्कासी स्वास्थ्यमा समस्यादेखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौ लगिएको माओवादी केन्द्र खानीखोला गाउँपालिका कमिटीका अध्यक्ष अविरल जिम्बाले जानकारी दिनुभयो ।
वडा अध्यक्ष लामाको पेटमा समस्या देखिएको छ । अहिले काठमाण्डौ स्थित केएमसी अस्पतालको एमर्जेन्सी वार्डमा राखेर उपचार भैरहेको छ । खानीखोला गाउँपालिका आउजाउ गर्न यातायातको सहज पहुँच छैन् । त्यस्तै नजिकै सुविधायुक्त अस्पताल समेत नहुँदा खानीखोला गाउँपालिकाका अधिकांश एमर्जेन्सी बिरामीहरु हेलिकप्टर चार्टर गरेरै अस्पताल जान बाध्य भएका छन् ।