रोशी सहकर्मी–चैत्र १९,
२०७६,काभ्रे/

रोशी गाउँपालिका भित्र पर्ने बजार क्षेत्रमा डिस्ईन्फेक्सन स्प्रे छरिने भएको छ । गाउँपालिकाले एक सुचना निकाल्दै बजार क्षेत्र साथै मानिसहरुको आवतजावत हुने ठाउँमा औषधि छरीने जनाएको छ ।

साथै भोली सो स्थानहरुमा कोहि पनि घर बाहिर ननिस्कन पनि गाउँपालिकाले अनुरोध गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कारोना भाईरस रोकथामका निमित्त काभ्रेमा विभिन्न स्थानीय निकायले औषधि छरीरहेका छन् ।

यसैबिच रोशी गाउँपालिकाले पनि कोरोना भाईरसको रोकथामका निमित्त औषधि छनै लागिएको गाउँपालिका अध्यक्ष डि.बि. लामाले जानकारी दिए ।

Facebook Comments Box