काभ्रे,
काठमाण्डौ महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिमाना गराएको छ । हिजो दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिमाना गरिएको भन्दै एमालेलाई पत्र पठाएको हो ।
महानगर प्रहरी बलले पठाएको पत्रमा फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाण्डौ महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिमाना गरिएको उल्लेख छ ।
नगर प्रहरी निरीक्षकले हस्ताक्षर गरेको पत्रअनुसार एमालेले अब महानगरपालिका जरिवाना रकम तिर्नुपर्ने भएको छ ।
हेर्नुहोस् महानगरको पत्रः