Thursday, May 21, 2026
Date
बिहि, जेष्ठ ७, २०८३
Thu, May 21, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा कर्मचारी बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

RadioRoshi by RadioRoshi
शनिबार, मंसिर ८, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशीमा कर्मचारी बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिकाका कर्मचारी बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको अध्यक्षता तथा जिल्ला समन्वय समिति काभ्रेका समन्वय अधिकारी पिताम्बर पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

You might also like

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार भएको उक्त बैठक तथा प्रशिक्षण कार्यक्रममा असोजमा आएको बाढीमा कर्मचारीहरूको अनुभव र भोगाइहरू साटासाट गरेका थिए । जनप्रतिनिधिहरू सगँसगै विपद प्रतिकार्य तथा उद्धारमा खटिदाको अनुभवहरू कार्यक्रममा व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका समन्वय अधिकारी पाण्डेले बाढीमा रोशीका जनप्रतिनिधि र कर्मचारीले गरेको योगदानको प्रशंसा गर्नुभएको छ । गत असोज १० देखि १३ गतेसम्म परेको अविरल बर्षाका कारण आएको बाढी पश्चात उद्धारमा रोशीका जनप्रतिनिधि र कर्मचारीहरू एकजुट भएर लागेको उहाँको भनाई छ । जिल्लाको अन्य पालिकाको तुलनामा रोशीका कर्मचारी र जनप्रतिनिधिहरूले विपदमा प्रशंसानीय काम गरेको उहाँले बताउनुभयो ।

हिजो जे जे भएपनि र जसरी उद्धारका काम गरेपनि आगामी दिनमा विपद पूर्व गर्नुपर्ने कामहरूलाई प्राथमिकताका साथ गर्नुपर्ने समन्वय अधिकारी पाण्डेले भन्नुभयो । प्रकोप तथा विपदको कार्ययोजना तयार गरेर अगाडी बढ्न उहाँले सुझाव दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा समन्वय अधिकारी पाण्डेले कर्मचारीहरूले आफ्नो दायित्व र जिम्मेवारी बुझेर काम कर्तव्य गर्नुपर्ने बताउनुभयो । विपदको समयमा कर्मचारीहरू सुविधाको पछाडी नलागि दायित्व र जिम्मेवारी बहन गर्न तर्फ लाग्नुपर्ने उहाँको भनाई छ ।

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले असोज १० देखि १३ गतेको अविरल बर्षा र बाढी पश्चातको अवस्था र अनुभव सुनाउनुभएको थियो ।

अविरल बर्षापछिको बाढीमा के गर्ने के नगर्ने भन्ने अन्योलता सिर्जना भएको उहाँले बताउनुभयो । बाढीमा नेटवर्क नलाग्दा एक खालको अन्योलता सिर्जना भएको उहाँले बताउनुभयो । बाढी लगत्तै बिपी राजमार्गको यात्रु र बाढीपीडितलाई उद्धारमा लागेको उहाँको भनाई छ ।

बाढीपछि २४ घण्टापछि मात्र गाउँपालिका अध्यक्ष दिनेश लामा लगायत अन्य सँग सम्पर्क भएको र त्यस दिनदेखि लगातार उद्धारमा लागेको उहाँले बताउनुभयो । शाखा प्रमुखहरूसँग सल्लाह सुझाव लिएर बाढीको सामना गरेको बताउनुभयो ।

बाढीमा रात र दिन नभनी पिडितको उद्धार र व्यवस्थापनको लागि सामर्थ र क्षमता अनुसार लागि परेको भन्दै सहयोग गर्ने कर्मचारीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।

बाढीको कारण रोशी गाउँपालिकाको वजेटमा प्रभाव परेको प्रमुख प्रशासकीय अधिकृत भन्तनाले बताउनुभयो । साँढे तीन करोड बजेट घटाएको र २ सय ६६ योजनाहरू शंसोधन गर्नुपरेको उहाँको भनाई छ । पालिकाको आम्दानीको स्रोतमा क्षती पुर्याएकोले बजेट तथा योजना संशोधन भएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका बरिष्ठ लेखा अधिकृत दण्डपाणी पौडेलले बिशेष अधिवेशन, वित्तीय अनुशासन तथा आर्थिक दायित्वको बिषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो । लक्ष्य अनुसार राजश्व नउठेका कारण बजेट कार्यान्वयनमा समस्या आई घाटा बजेट बन्ने गरेको उहाँले बताउनुभयो ।

बाढीले पालिकाको आयस्रोतमा क्षती पुगेकोले आम्दानी घटेको कारण बजेट संशोधन गर्नुपरेको लेखाअधिकृत पौडेलले बताउनुभयो । विपद व्यवस्थापनको लागि गाउँपालिकामा कार्यरत कर्मचारीहरूको ५ दिनको तलव र जनप्रतिनिधिहरूको आधी महिनाको सुविधा कटाएर प्रकोप कोषमा जम्मा गरेको उहाँको भनाई छ ।

शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद दाहालले विपद व्यवस्थापनमा कर्मचारीको भूमिका बिषयमा प्रशिक्षणात्मक भनाई राख्नुभएको थियो । जनप्रतिनिधिहरूले नीति निर्माण गर्छ र त्यसलाई कार्यान्वयन कर्मचारीहरूले गर्नुपर्ने र गरीरहेको दाहालले बताउनुभयो ।

राज्यको प्रतिनिधित्व कर्मचारीको काम कर्तव्यले गर्ने दाहालको भनाई छ । गत असोजको बाढीमा केही कर्मचारीहरूले जिम्मेवारी र दायित्व पूरा नगरेको हो की भन्ने भान भएको उहाँले बताउनुभयो ।

विपद प्रतिकार्यको योजना बनाउदा नै हामी कहि कतै चुकेको हो की भन्ने आफुलाई भान भएको शिक्षा शाखा प्रमुख दाहालले बताउनुभयो । विपद प्रतिकार्यमा रोशीको अवस्था पहिरोको जोखिम भएको तर बाढीको जोखिम नभएको पाईएकोमा जिल्लाभरीमा रोशीमा बाढीले धेरै क्षती व्यहोर्नुपरेको उहाँले भन्नुभयो । त्यतीखेर गलत निणर्य गरेको हो की भन्ने भान भएको उहाँले बताउनुभयो । विपदपूर्व तयारीमा गाउँपालिकाका कर्मचारीहरू चुकेको हो की भन्ने भान भएको उहाँले बताउनुभयो ।

त्यसरी नै पालिकाका सूचना अधिकारी प्रकाश पौड्यालले विपद प्रतिकार्यमा सूचना, तथ्यांक संकलनमा बिलम्ब र हाम्रो तितो अनुभव भन्ने बिषयमा मन्तव्य राख्नुभएको थियो । बाढी पश्चात सूचना प्रविधि सूचारुमा समस्या आउँदा विपद प्रतिकार्यको सूचना र तथ्यांक संकलनमा आफूहरू चुकेको उहाँको भनाई छ ।

पालिका र वडाकार्यालयमा सम्पर्क नहुदा तथ्यांक संकलनमा समस्या भईरहेको र सम्पर्क आएपछि पनि केही वडामा कर्मचारीहरूको तदारुकताको कमीले गर्दा तथ्यांक संकलनमा प्रभाव परेको उहाँले बताउनुभयो । जसले गर्दा विपद व्यवस्थापनमा समस्या परेको उहाँको भनाई छ ।

स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले विपदको अवस्थामा स्वास्थ्य सेवाको निरन्तरतामा कठिनाई तथा हाम्रो अभ्यास भन्ने बिषयमा आफ्नो धारणा राख्नुभएको थियो । चाडपर्वमा समेत स्वास्यकर्मीहरू कार्यक्षेत्रमा बसेर नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेको उहाँकोे भनाई छ ।

पूर्वाधार बिकास शाखाका प्रमुख भुपेन्द्र अधिकारीले विपद व्यवस्थापनमा पूर्वाधार संचालनमा अन्योलता तथा प्राविधिक कर्मचारीको भूमिका बिषयमा अनुभव व्यक्त गर्नुभएको थियो । तथ्यांक संकलनमा अन्योलता, जटिलता र उदासिनताले गर्दा समयमै विवरण सार्वजनिक गर्न नसक्दा बाढीपीडितका लागि राहत तथा उद्धारमा ढिलाइ भएको उहाँको भनाई छ । प्राबिधिक स्टमेडविनै सडक लगायत संरचना निर्माण हुदा बाढीपहिरोले क्षति बढी हुन पुगेको हुनसक्ने उहाँले बताउनुभयो ।

त्यसरी नै वडासचिव मधुसुदन पन्थीले विपदमा कामको अनुभवतथा पदीय भूमिकामा पाएको सन्तुष्टि र मंगलटार स्वास्थ्य चौकीकी प्रमुख निशा बरालले विपदमा काम गर्दाको चुनौतीहरू तथा हाम्रो भोगाई बिषयमा धारणा राख्नुभएको थियो । उक्त कार्यक्रममा गाउँपालिकाका सबै शाखाप्रमुख, कर्मचारी र वडाका कर्मचारीहरूको उपस्थिती रहेको थियो ।– ईपाना नेपाल

Previous Post

चिसो मौसममा आगलागीका घटना बढ्ने भएकाले सावधानी अपनाउन विज्ञको सुझाव

Next Post

सडकमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको एक लाख जरिवाना

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

by RadioRoshi
शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

by RadioRoshi
मङ्लबार, बैशाख २९, २०८३
Next Post

सडकमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको एक लाख जरिवाना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

बस दुर्घटनामा परेका आफ्ना नागरिकको अवस्था बुझ्न भारतकी युवा राज्यमन्त्री काठमाडौंमा

बस दुर्घटनामा परेका आफ्ना नागरिकको अवस्था बुझ्न भारतकी युवा राज्यमन्त्री काठमाडौंमा

शनिबार, भदौ ८, २०८१
अधुरो र खराब निन्द्राले कलेजोमा गम्भीर असर पर्ने

अधुरो र खराब निन्द्राले कलेजोमा गम्भीर असर पर्ने

शुक्रबार, मंसिर २८, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.