२०७६,चैत्र २४,
काभ्रे/

सरकारले कोरोना भाइरसको संक्रमण र जोखिमलाई कम गर्ने उद्देश्यले लकडाउन घोषण गरेको छ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि फेरि थप गरेको छ । कोरोनाका संक्रमित थप व्यक्तिहरु फेला परेसँगै सरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्मको लागि थपेको हो । तर, काभ्रेको मण्डनदेउपुर नगरपालिकाले भने नगरबाट दुध भर्ने (संकलन) अन्यत्र बिक्रि वितरणका लागि लादा जोखिम हुने बन्दै दुध संकलन गर्न रोक लगाएको छ ।

यहि चैत २१ गते नगरपालिकाले सूचनानै प्रकाशित गरेर दुध संकलन रोक्न आग्रह गरेको थियो । १२ वटा वडा रहेको नगरपालिका रोहिणी, ढाडाँगाउँ, हलेदे, गिरधरे, चुरिथुम्का, बालुवापाटी, मेसागाउँ, सल्लेबास, रानीबन, देउपुर, नयाँगाउँ, गैरिबिसौनी, सिपाघाट, धाइटार, कुन्ताबेसी, मण्डन, जैशिथोक, मकैटारलगायतका स्थानमा व्यक्तिगत तथा सहकारी मार्फत दैनिक हजारौं लिटर दुध संकलन हुँदै आएको छ ।

सोही नगरपालिका वडा नम्बर १, गिरधरेका नवराज ढकालले आफुले दैनिक २ सय ५० लिटर दुध संकलन गर्दै आएका तर, नगरको सूचनापछि रोकिएको बताए । उनले रातोपाटीसंग कुरा गर्दै भने ‘भोली (मंगलबार) नगरपालिकामा बैठक छ, लकडाउन थपियो भन्दैछन् दुध भर्ने नभर्ने थाहा छैन् ।’

यसबारेमा हामीले नगरप्रमुख टोकबहादुर वाइवासंग प्रश्न गर्दा उनले नगरपालिका क्षेत्रभित्र लकडाउनलाई व्यवस्थितले बनाउन यस्तो निर्णय गरिएको बताए । ‘तीनरचार दिन दुध भर्न नपाउँदा घाटा भो भन्ने कुरा छ, त्यसलाई परिपूर्ति गर्न केही किसालाई विशेष अनुदान दिन्छौं’ नगरप्रमुख वाइवाले भने । दुध संकलन गर्ने स्थानमा भिडभाड हुने र कोरोना संक्रमण जोखिम धेरै हुन सक्ने भएकाले केही दिनलाई बन्द गरिएको उनको भनाई छ ।

-रातोपाटीबाट

Facebook Comments