रोशी सहकर्मी–चैत्र २५,
२०७६,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाको ३ वटा वडामा डिस्ईफेक्टेन्ट स्प्रो (किटनाशक औषधि) छरीएको छ । वडा नं १ का अध्यक्ष श्रीदास लामाको संयोजकत्वमा गाउँपालिकाको १, २ र ३ नम्बर वडामा कोरोना भाइरस (कोभिड–१९) माहामारी रोग विरुद्ध डिस्इनफेक्टेन्ट स्प्रे छरीएको हो ।
किटनासक औषधी मानिहरुको आवतजावत हुने स्थान, पसल, बसपार्क एरीयाहरुमा छरीएको वडा नं १ का अध्यक्ष श्रीदास लामाले जानकारी दिए ।

स्प्रे छर्न वडा नं २ का वडा अध्यक्ष पोते लामा, खहरे पाँगु प्रहरी चौकीका ईन्चार्ज बद्रि ठाकुर, खहरे पाँगु स्वास्थ्य चौकी ईन्चार्ज मिचलेस चौबे लगायतले सहयोग गरेका थिए ।

यस अघि गाउँपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने बिपि राजमार्गमा रहेका विभिन्न स्थानहरुमा औषधी छरीसकेको छ ।

यसैबिच, वडा नं १ ले लकडाउनको पालना गर्न सबै वडा वासीमा अनुरोध गरेको छ । वडाले एक सुचना जारी गर्दै संक्रमण फैलनबाट जोगीनका निमित्त घरमै बस्नुपर्ने र आवश्यक सतर्कता अपनाउन वडा वासीमा अनुरोध गरेको छ ।

Facebook Comments