रोशी सहकर्मी–चैत्र २५,
२०७६,काभ्रे/

बिश्वभर फैलीरहेको कोरोना भाईरस ९ऋइख्क्ष्म्(ज्ञढ० रोगले सङ्क्रमित नहोस भनि धुलिखेल उद्योग वाणिज्य संघद्दारा जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर १० र १२ को स्वास्थचौकीमा स्वास्थ सामाग्री वितरण गरेको छ ।

धुलिखेल उद्योग वाणिज्य संघको अध्यक्ष मन्जु कुमार कोजुले धुलिखेल नगरपालिका वडा १० र वडा १२ को वडा अध्यक्ष मार्फत स्वास्थचौकीलाई स्वास्थ्य सामाग्री हस्ताण्तरण गरेका हुन् । स्वास्थ सामाग्रीहरुमा साबुन, माक्स र पन्जा दिईएको थियो ।

त्यस्तै धुलिखेल नगरपालिका वडा १२ को वडा अध्यक्ष हर्क बहादुर तामाङले संघको सहयोग प्रति धन्यवाद दिए । यस विपदको समयमा सँगै मिलेर अगाडि बढ्नुपर्ने बताउँदै आगामी दिनमा संघको प्रगतिको कामना गरे ।

सोही दिन वडा कार्यालयमा धुलिखेल उद्योग वाणिज्य संघको टिमले वडामा अतीबिपन्न परिवार र मजदुरीको अबस्थाको बारेमा वडा अध्यक्षसंग छलफल गरेका थिए । यस अघि संघले धुलिखेल नगरपालिका वडा १, २, ३, ४, ५ र ६ को स्वास्थचौकीमा स्वास्थ सामाग्री बितरण गरिसकेको छ ।

Facebook Comments