रोशी सहकर्मी–चैत्र २९,
२०७६,धुलिखेल/

प्रहरीले निरन्तर लकडाउनलाई प्रभावकारी बनाउन सवारी साधन र मानिस नियन्त्रणमा लिदैँ आएको भएपनि अटेर गरेर आउने घटेका छैनन । आज पनि सात सवारी साधन र दुई जना प्रहरीले नियन्त्रणमा लिएर छाडेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख (एसपी) रविकुमार पौडेलले ५ मोटरसाइक, २ स्कुटर र दुई जना लकडाउन अवज्ञा गरी हिड्नेलाई नियन्त्रण गरेर छाडिएको जानकारी दिनुभयो ।

प्रहरीले बनेपा, धुलिखेल, पनौती, पाँचखाल, भकुण्डेबेशी लगायतबाट लकडाउन उल्लघंन गर्ने सवारी साधन र व्यक्तीलाई नियन्त्रणमा लिदैँ आएको छ ।

Facebook Comments