अशोक बुद्ध लामा–चैत्र ३०,
२०७६,काभ्रे/

रोशी गाउँपालिका वडा नम्बर ११ ले पनि तत्काल राहत वितरण नगर्ने भएको छ । शनिबार वडा अध्यक्ष मिलन लामाको संयोजकत्वमा बसेको १३ सदसिय वडा स्तरिय विपद व्यवस्थापन समितिको निर्णय अनुसार वडामा तत्काल राहतको आवश्यकता नभएको निष्कर्ष निकालेको हो ।

बैठकले राहतमा भन्दा पनि तत्काल नियमित औषधी सेवन गर्ने मानिसहरुलाई समस्या परिरहेको भन्दै सुगर, दम, क्यान्सर, मुटु, थाइरइड लगाएत अन्य दिर्गरोगीहरुको पहिचान गरि गाउँपालिका तथा स्वास्थ्य शाखामा समन्वय गरि औषधी उपलब्ध गराउने निर्णय भएको संयोजक एवं वडा अध्यक्ष मिलन लामाले बताए । लकडाउनको समयमा अस्वस्थ व्यक्तिहरुलाई समस्या परेको कुरालाई महशुस गर्दै यस्तो निर्णय गरिएको उनले बताए ।

साथै कोरोना रोकथामको लागि आवश्यक जनचेतना पनि जगाउने समेत बैठकले निर्णय गरेको वडा अध्यक्ष लामाले जानकारी दिए ।

Facebook Comments