काभ्रे,
राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्ले नेपालमा एक सय ४१ वटा जातजाति रहेको जनाएको छ । नेपालमा बोलिने मातृभाषा एक सय २४ रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेपालमा दुई करोड २६ लाख सात हजार सात सय ४४ ( कूल जनसंख्याको ८१.१८ प्रतिशत) हिन्दू धर्मावलम्बी रहेका छन् । यस्तै नेपालमा हिन्दूपछि दोस्रोमा बौद्ध धर्म मान्ने छन् । कार्यालयको विवरणअनुसार २३ लाख ९३ हजार ५४९ जना छन् ।
तेस्रोमा मुस्लिम धर्म मान्ने १४ लाख ८३ हजार ६६ जना ( कूल जनसंख्याको ५.०८ प्रतिशत) छन् । त्यस्तै किरात धर्म मान्ने नौ लाख २४ हजार २०४ जना ( कूल जनसंख्याको ३.१७ प्रतिशत) , क्रिश्चियन धर्म मान्नेको संख्या पाँच लाख १२ हजार ३ सय १३ ( १.७५ प्रतिशत), रहेका छन् । २०६८ को जनगणना अनुसार नेपालमा क्रिश्चियन धर्म मान्नेको संख्या १.४ प्रतिशत थियो ।