यश कुमार परियार–बैशाख ३,
२०७७,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिकाले कोरोना परिक्षण आर.डि.टि. किट उपलब्ध गराउने भएको छ । नगरपालिका भित्र अन्यत्र देशबाट आएका २५ जना सम्पर्कमा रहेपनि आज वडा नम्बर ११ का थप ५ जना सम्पर्कमा आएका छन् । नगरपालिकालाई स्वास्थ्य कार्यलय काभ्रेले २० वटा किट उपलब्ध गराएकोमा ७ वटा किट बाँकि रहेका थियो र साहि किट मार्फत उनिहरुको परिक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख राजु वोगटीले जानकारी दिए ।

नगरपालिका भित्र चैत्र महिनामा विभिन्न देशबाट आएका १८ जनाकै परिक्षण सकिएको र अर्का एक जना व्यक्तिमा परिक्षण गरिएको उनले जानकारी दिए । परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ भएको बताए ।
नगरभित्र चैत्र महिना भन्दा अगाडि आएका बाँकि ११ जनाको पनि परिक्षण गरीने र त्यसका निमित्त छिटै किट उपलब्ध हुने प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाँईले जानकारी दिए ।

यस अघि स्वास्थ्य शाखा प्रमुख राजु वोगटिले किट नपाएको गुनासो गरेका थिए ।

स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार चैत्र महिना भित्र आएकालाई मात्र पहिलो प्राथमिकता दिएर परिक्षण गर्नुपर्ने भएकाले २० वटा किट पठाएको र चैत्र महिना भन्दा अगाडि नै आएकालाई होम क्वारेन्टाईनमा राखेर त्यस्पछि मात्रै लक्षण देखा परेमा आर.डि.टि. परिक्षण गरिने बताए ।

काभ्रेमा सबै स्थानिय तहले फागुन ३० गते भन्दा पछि विभिन्न मुलुकबाट आएकाहरुलाई कोरोना परिक्षण गराउन र्यापिड टेस्टीङ सुरु गरेको हो ।

सम्बन्धित समाचार:

नमोबुद्धः विदेशबाट आएका सबैमा कोरोना परिक्षण भएन, प्रयोगशालाले किट दिएन

Facebook Comments