रोशी सहकर्मी–बैशाख ५,
२०७७,खानीखोला/

जिल्लाको विकट खानीखोला गाउँपालिका वडा न ४ फुलडाँडामा माटोको ढिस्कोले पुरिदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
मृत्यु हुनेमा २४ बर्षीय अरिना गोल रहेकी छन् ।

घर पोत्ने माटो लिन गएका एकै परिवारका चार सदस्य गएका थिए । खानी खोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले वडा न ४ निवासी २० बर्षीय यरिना गोले, १२ बर्षीय सनिसा गोले र ९ बर्षीय एलिना गोले मोटोले पुरिएर घाईते भएको जानकारी दिए ।

उनका अनुसार ९ बर्षीय एलिना गोले सामान्य रहेकाले तालढुङ्गा स्वास्थ्य चौकीमा उपचार गरिएको र अन्य दुई जनालाई हेलिकप्टरबाट उद्धार गरि काठमाण्डौ लगीएको छ ।

सम्बन्धित समाचार:

खानीखोला: ढिस्कोले पुरिएर चार जना घाईते, उद्धारका लागि हेलिकप्टर जाँदै

Facebook Comments