काभ्रे,
रोशी गाउँपालिका वडा नम्बर १ फलामेसागुमा “दलित लक्षित कार्यक्रम“ अन्तर्गत बाख्रा तथा प्रबिधी बितरण कार्यक्रम सम्पन्न भएको छ । ओडाका दलित समुदायका ६० जनालाइ बाख्रा, २ जनालाइ सिलाइ मेसिन र १ जनालाइ ओइलिडङ मेसिन वितरण गरिएको वडा अध्यक्ष श्रीदास तामाङ्ले जानकारी दिनुभयो ।
कार्यक्रममा उपाध्यक्ष मिम बहादुर लामाले रोशी गाउँपालिका भरिको दलित समुदायको छलफल तथा भेला मार्फत उनिहरुकै आबश्यकताको आधारमा माग अनुरुप सो प्रबिधी तथा बाख्रा बितरन गरिएको बताउनुभयो । यो कार्यक्रमले दलित समुदायको परम्परागत पेसालाइ बढावा दिनुका साथै बाख्रा पालन बाट आर्थिक उपार्जनमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर लामा, वडा अध्यक्ष श्रीदास तामाङ, कार्यपालिका सदस्य तुलसा दमाई कार्यपालिका सदस्य सुनिता लामगादे, पशुसेवा शाखा प्रमुख रघुनी शाहको उपस्थितिमा सम्पन्न भएको हो ।