रोशी सहकर्मी–बैशाख ५,
२०७७,काभ्रे/

नेपाली कांग्रेसले लकडाउनको २५ औँ दिन बित्दा समेत सरकारले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक तथा मजदुरको गाँस र बासको व्यबस्था गर्न नसकेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

आज नेपाली कांग्रेस केन्द्रीय श्रमिक तथा ट्रेड युनियन बिभागका संयोजक शिब हुँमागाईले एक बिज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन । उनले सयौँ किलोमिटर पैदल यात्रा गर्ने यात्रुलाई यथासिघ्र गन्तब्यामा पुर्याउने ब्यबस्था मिलाउन आग्रह समेत गरेका छन् ।

सडकमा देखिएको दर्दनाक दृश्य रोक्न र नागरिकप्रति संवेदनशिल बन्न बिज्ञप्ती मार्फत माग गरिएको छ ।

सरकाकरले बितरण गर्ने राहतलाई स्थानिय तहको संयोजनमा अनौपचारिक क्षेत्रमा असंगठित भएर काम गर्ने मजदुरलाई प्राथमिकता दिन समेत बिभागले आग्रह गरेको छ ।

Facebook Comments Box