रोशी सहकर्मी–बैशाख ७,
२०७७,सोलुखुम्बु/

सोलुखुम्बुमा बन्दाबन्दीको समयमा खटिएका एक प्रहरीको डिउटी बसेकैबेला मृत्यु भएको छ । कोरोनाको रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन कार्यान्वन गर्न डिउटीमा बसेका अस्थायी प्रहरी चौकी दोर्पुका ईन्चार्ज समेत रहेका ३८ वर्षिय प्रहरी हवलदार शिवप्रसाद भट्टराईको आज बिहान करिब ३ बजे मृत्यु भएको हो ।

गएराति हवलदार भट्टाईको अत्याधिक पेट दुखेपछि उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको थियो । अस्पताल पु¥याएपछि बेहोस भएका हवलदार भट्टराईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक टेकुनन्द ईवा लिम्बुले जानकारी दिनुभयो ।

भोजपुर स्थायी घर भई हाल सुनसरीमा बस्दै आएका भट्टराईका श्रीमती दुई छोरा र एक छोरी छन् । अहिले भट्टराईको शवलाई घर पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Facebook Comments