यश कुमार परियार–बैशाख १५,
२०७७,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो एक महिनाको सेवा सुविधा बापत रकम प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्ने भएका छन् । आज नगर प्रमुख टि.पि.शर्मा तिमल्सिनाको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठमा यस्तो निर्णय भएको हो ।

विश्वभर महामारीको रुपमा फैलिरहेको नेभेल कोरोना भाईरसका कारण देश लकडाउन छ । यस अवस्थामा संक्रमण रोकथामका लागि र विपन्न साथै मजदुर परिवारलाई राहत वितरणका निमित्त नगरपालिकाले कोष खडा गरेको छ । नगरपालिकाले फुड बैंक र विपद कोषमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएको छ ।

११ वडा रहेको नगरपालिकामा अहिले राहत वितरण भईरहेको छ । कतिपय वडाले पहिलो चरणको राहत वितरण सम्पन्न गरी लकडाउनको अवस्था हेरेर दोश्रो चरणको राहत वितरण गर्ने तयारी समेत गरेका छन् ।

Facebook Comments