रोशी सहकर्मी–बैशाख १५,
२०७७,धुलिखेल/

जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका १३ वटै स्थानीय तहलाई अन्य जिल्लाबाट आफ्नो पालिकाकामा आएका नागरिकको अभिलेख राख्न निर्देशन दिएको छ ।

स्थानीय तहहरुले उपत्यका लगायत अन्य क्षेत्रमा काम गरेकालाई उद्धार गरेर पालिका पालिकाले लैजान थालेपछि समितिले अभिलेख राख्न निर्देशन दिएको हो । समितिले उनीहरुको स्वास्थ्य परीक्षण गर्न र त्यस्ता नागरिकलाई अनिर्वाय होम क्वारेन्टाइनमा राख्न अनुरोध गर्ने निर्णय गरेको छ ।

लकडाउन बढ्न थालेपछि काभ्रेका स्थानीय तहहरुले कोठामा बसेका तथा मजदुरी गर्नेलाई उद्धार गरेका थिए । यसले जोखिम बढेको बन्दै स्थानीयले चिन्ता व्यक्त गरेपछि जिल्ला विपद् समितिले अन्य जिल्लाबाट आएका नागरिकको अभिलेख राख्न, स्वास्थ्य परीक्षण गर्न र होम क्वारेन्टाइन राख्न अनुरोध गरेको हो ।

Facebook Comments Box