रोशी सहकर्मी–बैशाख १९,
२०७७,सिन्धुपाल्चोक/

लकडाउनका कारण पैदल हिँडेर घर फर्किरहेको बेलामा हिउँमा फसेर बेपत्ता भएका सिन्धुपाल्चोकका सुरज लामालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसनमा कार्यरत बलेफी गाउँपालिका वडा ४ का सुरज लामा बैशाख ६ गते मेलम्ची हुँदै घर हिँडेका थिए तर उनि गोसाईकुण्डको तारेभीरमा फसेका थिए । उनलाई रसुवा नुवाकोट र सिन्धुपाल्चोक सीमा क्षेत्र शुर्यकुण्ड फेदि बाट बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री र नेकपा केन्द्रीय सदस्य माधव सापकोटको विशेष पहलमा उद्धार गरि काठमण्डौ लगिएको छ ।
बैशाख ६ गतेदेखि सम्पर्क बिहिन भएका लामा ११ दिनपछि बुधबार सम्पर्कमा आएका हुन् । लामा ७ बैशाखमा रसुवास्थित सुर्यकुण्ड भन्नेस्थानमा हिउँमा फसेका थिए । १० दिनसम्म हिउँमा फसेका उनी ११ औं दिनमा हिउँबाट निस्किन सफल भएर सुर्यकुण्ड फेदीस्थित गोठमा बसेका थिए । सुरजले आफु ८ गतेदेखि हिउँमा फसेकाले हिड्न नसक्ने भएको बताएका थिए । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको गाउँपालिका अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

Facebook Comments