Sunday, February 8, 2026
Date
आइत, माघ २६, २०८२
Sun, February 8, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मण्डनदेउपुरमा नगरपालिकाभित्र दर्ता भएका सहकारी संस्थाको खोजी अभियान जारी

RadioRoshi by RadioRoshi
शुक्रबार, साउन १२, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
मण्डनदेउपुरमा नगरपालिकाभित्र दर्ता भएका सहकारी संस्थाको खोजी अभियान जारी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

मण्डनदेउपुर नगरपालिकाले आफ्नो नगरपालिकाभित्र दर्ता भएका सहकारी संस्थाको खोजी अभियान जारी राखेको छ । हिजो वडा नम्बर ८ का तीन वटा सहकारीको स्थलगत अनुगमन गरिएको छ । सहकारी अनुगमनको नेतृत्व उपप्रमुख तथा अनुगमन समितिका संयोजक विष्णुमणि नेपालले गर्नुभएको छ । तत्कालिन डिभिजन सहकारी कार्यालयमा यस नगरपालिकाभित्रका १७२ वटा सहकारी दर्ता भएका छन् । त्यस्तै सेवा केन्द्र खोल्ने सहकारी संस्थाको संख्या पनि बढ्दो छ । तर नगरपालिकामा हालसम्म जम्मा ८४ वटा मात्रै सहकारी अद्यावधिक भएका छन् । बाँकी सहकारी कुन अवस्थामा कहाँ छन् भन्ने कुराको यकिन गर्न नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा ४ सदस्यीय अनुगमन समिति बनाएको छ । समितिमा सहकारीका अभियान्ता दिपक प्रसाद पौडेल, वडा नम्बर ८ का वडा अध्यक्ष निरञ्जन विष्ट र वडा नम्बर ६ का पूर्व वडा अध्यक्ष डिल्ली प्रसाद आचार्य सदस्य रहनुभएको छ ।

You might also like

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

समितिले साउन ४ गतेदेखि सहकारीको अनुगमन थालेको हो । हालसम्म वडा नम्बर ७ को पुरै, वडा नम्बर ६ को सिपाघाट बजार क्षेत्रमा अनुगमन सकिएको छ । १ महिनाभित्र नगरपालिकाभित्रका सबै सहकारी खोजी गरिसक्ने गरी अनुगमन समिति लागेको छ । अनुगमनका लागि नगरपालिकाले विभिन्न सूचक सहितको चेक लिष्ट तयार पारेको छ । प्रत्येक सहकारी संस्थामा पुग्दा उक्त चेक लिष्ट भर्ने गरिएको सहकारी अनुगमन समितिका सदस्य सचिब लक्ष्मी काफ्लेले बताउनुभयो । ‘डिभिजन सहकारी कार्यालयमा दर्ता भएका यस नगरपालिकाभित्रका सहकारीहरुको अवस्था पत्ता लगाउन अनुगमन थालिएको हो । धेरै सहकारीहरु नगरपालिकाको सम्पर्कमा नआएपछि स्थलगत अनुगमन गरिरहेका छाँै । हामी १ महिनाभित्र अनुगमनको काम सकाउने गरि लागिरहेका छौँ । त्यसपछि समितिले प्रतिवेदन सार्वजनिक गर्नेछ । जसले गर्दा सहकारी कुन अवस्थामा छन् भन्ने कुरा सहजै पत्ता लाग्छ ।’ उपप्रमुख नेपालले भन्नुभयो । राज्य पुनःसंरचनापछि यस नगरपालिकाले पहिलो पटक नगरपालिकाभित्रका सहकारीको अनुगमन थालेको हो । मण्डनदेउपुर नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाको ६ वटा नगरपालिका मध्ये सबैभन्दा कान्छो नगरपालिका हो ।

करिब चार महिना अघि बसेको कार्यपालिका बैठकले सहकारी अनुगमन गर्ने निर्णय गरेको थियो । अनुगमनका लागि नगरपालिकाले छुट्टै कार्यविधि बनाएको छ । सहकारीले भोगिरहेको वर्तमान समस्या बुझ्ने र समाधानका लागि अनुगमनले सहज हुने अनुगमन समितिका सदस्य पौडेलले बताउनुभयो । सहकारीको नियमन र अनुगमन नहुँदा विश्वसनियता कम हुँदै गएकाले विश्वास दिलाउन अनुगमन थालिएको अनुगमन समितिका सदस्य विष्टले बताउनुभयो ।सहकारीको विकास र प्रवद्र्धधनमा नगरपालिकाले काम गर्नका लागि पनि अनुगमन आवश्यक रहेको विष्टको भनाईछ ।
नगरपालिकाभित्र दर्ता भएका मध्ये ४० देखि ५० वटा मात्रै सहकारीले नियमित कार्यालय खोलेर काम गरिरहेको हुन सक्ने बताइएको छ । सहकारी संस्थाहरु कहाँ, कसरी सेवा दिइरहेका छन्, आफ्नो उद्देश्य अनुसार काम गरिरहेका छन् की छैनन् भनेर हेर्न अनुगमनले सहयोग पुग्ने अनुगमन समितिका सदस्य आचार्यले बताउनुभयो ।

Previous Post

काभ्रेका उद्योगमा उत्पादित खाद्यवस्तु न्यून गुणस्तर र दूषित

Next Post

देशका विभिन्न भागबाट बरामद गरिएका ८ हजार ८९६ थान हतियार नष्ट

RadioRoshi

RadioRoshi

Related Posts

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

by RadioRoshi
आइतवार, माघ २६, २०८२
दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

by RadioRoshi
शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

by RadioRoshi
शनिबार, माघ २५, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

by RadioRoshi
शुक्रबार, माघ २४, २०८२
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

by RadioRoshi
सोमवार, माघ २०, २०८२
Next Post
देशका विभिन्न भागबाट बरामद गरिएका ८ हजार ८९६ थान हतियार नष्ट

देशका विभिन्न भागबाट बरामद गरिएका ८ हजार ८९६ थान हतियार नष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Yoga 7:00 am - 8:00 am

Up Coming Program

  • Yoga 7:00 am - 8:00 am

Recommended

रोशी–४ महादेवटारका अग्नी पीडितलाई रोशी उद्योग वाणिज्य संघको सहयोग

रोशी–४ महादेवटारका अग्नी पीडितलाई रोशी उद्योग वाणिज्य संघको सहयोग

आइतवार, बैशाख २३, २०८१
बागमतीमा काभ्रेका शेरबहादुर लामा सहित ५ जना मतदाता अनुपस्थित

बागमतीमा काभ्रेका शेरबहादुर लामा सहित ५ जना मतदाता अनुपस्थित

बिहिबार, माघ ११, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

आइतवार, माघ २६, २०८२
दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

शनिबार, माघ २५, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

शुक्रबार, माघ २४, २०८२
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

शुक्रबार, माघ १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.