रोशी सहकर्मी–जेठ ८,
२०७७,काभ्रे/

काभ्रेको भुम्लुमा बोलेरो दुर्घटना हुँदा वेपत्ता भएका दुईजना मध्ये एकजनाको शव भेटिएको छ । शव भेटिनेमा भुम्लु गाउँपालिका १ का भोला महतको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपी कुमार बिक्रम थापाले बताए । उक्त दुर्घटनामा घाइते सानुमाया गिरीको बनेपा शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार भुम्लु गाउँपलिका ८ सिलामे भीरमा दुर्घटना भएको थियो । बिहीबार (आज) बिहानदेखि प्रहरी र एपीएफका टोलीले भोला महतको शव खोलामा भेटाएको डिएसपी थापले जानकारी दिए । उक्त दुर्घटनामा भुम्लु गाउँपालिका १ का अशोक गिरी भने अझै वेपत्ता छन् । उनका अनुसार अर्का वेपत्ताको खोजकार्य भइरहेको छ ।

बा १६ च ८८३८ नम्बरको बोलेरो बुधबार दोलालघाटबाट सापिङ जाँदै गर्दा दुर्घटना भएको थियो ।

Facebook Comments Box