काभ्रे,
रोशी गाउँपालिकामा आज एकैदिन ५ वटा गाई गोरुमा लम्पी स्किन संक्रमण भएको छ । गाउँपालिकाको पशु सेवा शाखाको दैनिक रिपोर्ट अनुसार आज श्रावण २४ गते बुधबार एकै दिन ५ वटा गाई गोरुमा लम्पी स्किन संक्रमण पुस्टि भएको हो । रिपोर्ट अनुसार गाउँपालिका भित्रका १४ वटा गाई गोरुको उपचार भईरहेको छ । गाई गोरुमा लम्पी स्किन संक्रमण कम गर्नका लागि पशु सेवा शाखाले झींगा, लामखुट्टे, भुसना तथा डाँस भएकोले खोरमा धुँवा, लामखुट्टे धुप तथा विधुतिय धुप प्रयोग गर्नुहुन कृषकहरुलाई अनुरोध गरेको छ ।