रेडियो रोशी,काभ्रे,
जिल्लाको रोशी गाउँपालिका वडा नंं. १२ का ८८ जना लाभग्राहीहरूले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । बैंक सम्म पुग्न नसक्ने लाभग्राहीहरूलाई वडा कार्यालयबाटै भत्ता वितरण गरीएको हो ।
रोशी–१२ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता बसन्त कुमार लामाका अनुसार आज मंगलबार ८८ जना लाभग्राहीले वडा कार्यालयबाटै भत्ता बुझेका हुन् । साउँन महिनाको चौथो किस्ता निकाल्न बैंकमा जाननसक्नेहरूलाई वडाकार्यालयमै पुगेर भत्ता वितरण गरेको लामाले बताउनुभयो । ‘बैंकसम्म पुगेर भत्ता निकाल्न नसक्ने लाभग्राही महानुभावहरूलाई वडाकार्यालयमै बोलाएर वितरण गरेका हौँ ।’ गाउँपालिका प्रवक्ता तथा वडाध्यक्ष लामाले भन्नुभयोे, ‘लाभग्राहीको सहजताको लागि बैंकको कर्मचारी र गाउँपालिकाको सामाजिक विकास शाखाका कर्मचारीहरूलाई बोलाएर भत्ता वितरण गरेका हौँ ।’
हरेक तीन तीन महिनामा भत्ता वितरण गर्दै आएको उँहाको भनाई छ । रोशी गाउँपालिकाको १२ वटै वडामा अभियानको रुपमा भत्ता वितरण कार्यक्रम गाउँपालिकाले सञ्चालन गरेको लामाले बताउनुभयो ।