२०७७–जेठ २६,
काभ्रेपलाञ्चोक/

पाँचखालको तरकारीले बजार नपाएर यतीखेर खेतबारीमा नै कुहिन थालेको छ । बिक्री भएको तरकारीको पनि मूल्य छैन । व्यापारीले जतिमा भन्छन त्यती मै पठाउनुपर्ने यहाँका किसानको बाध्यता रहेको छ ।

पाँचखाल नगरपालिका वडा न १२ नागबेलीका किसान श्याम कुँबर तरकारी बिक्री नभएपछि खेतबारीमा नै कुहिन थालेको बताउनुहुन्छ । उहाँका अनुसार तरकारी बिक्री नै भई हालेछ भने पनि व्यापारीको मूल्यमा तरकारी पठाउनुपर्ने बाध्यता यहाँका किसानको रहेको छ । आठ रोपनी खेतमा सिमी, गोलभेँडा, करेला, फर्सी लगाउनुभएको उहाँले मुस्किलले २० हजार रुपियाँ लिएको बताउनुहुन्छ । यही सिजनमा अघिल्लो बर्ष दुई लाख लिएको थिए तर यस पटक त बीउ, मल, ज्यालाको पनि मूल्य उठेन । कमाइको त कुरै नगरौ ।

पाँचखाल नगरपालिका वडा न १२ का वडा अध्यक्ष गोपालबहादुर दनुवार यस क्षेत्रको करोडौ रुपियाँको तरकारी खेतबारी मै कुहिएको बताउनुहुन्छ । मैले पनि छ रोपनीमा गोलभेडा खेती गरेको थिए तर नबिकेपछि खेत मै कुहिएको छ । निःशुल्क लगेर खाउँ न त भन्ने मान्छे समेत नहुँदा खेत मै कुहिएको उहाँको भनाई छ ।
उहाँहरु मात्र होइन यहाँका अधिकांश किसानहरुको खेतबारी मै तरकारी कुहिएको छ । कोरोना सङक्रमण बढ्न नदिन मुलुकभर लगाइएको बन्दाबन्दीका कारण तरकारीले बजार पाउन नसकेपछि पाँचखाल क्षेत्रका किसान बढी समस्यामा परेका छन ।

उपत्यकालाई ३३ प्रतिशत हरियो तरकारी पठाउँदै आएको पाँचखाल बन्दाबन्दीसँगै घट्दो बजारका कारण बढी मर्कामा परेका छन । अधिकांश किसानले तरकारी नबिकेपछि ट्याक्टर लगाएर धान रोप्न थालिसकेको बताएका छन ।

बालगृह र वृद्धाश्रमलाई तरकारी:
पाँचखालका किसानले तरकारी नबिकेपछि कुहिएर जानु भन्दा बालगृह र बृद्धाश्रमलाई निःशुल्क पठाउन सुरु गरेका छन । पाँचखाल नगरपालिका वडा न ६ मा रहेको तिनपिप्ले युवा क्वलले काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौ र ललितपुर जिल्लामा रहेको बालगृह र बृद्धाश्रमलाई वितरण गरिरहेका छन ।

क्लबले पाँचखालका विभिन्न स्थानमा पुगेर बिक्री नभएर खेतमै खेर गएका तरकारी संकलन गरी वितरण गरेका हुन । क्लबका अध्यक्ष सरोज धितालले किसानले लगाएको तरकारी नबिक्ने र बिके पनि न्यून मूल्य आएका कारण सङ्कलन गरेर वृद्धाश्रम र बालगृहमा पु¥याउँदै आएको बताउनुभयो । क्वलले संकलन गरेर गाडीमा राखी वृद्धाश्रम र बालगृहमा पु¥याउने गरेका छ । क्लबले काभ्रे जिल्लाको पनौतीस्थित हेल्प नेटवर्क, प्राणनाथ माइती वृद्धाश्रम र ह्याप्पी चिल्ड्रेन होममा तरकारी वितरण गरेको धितालले जानकारी दिनुभयो ।

त्यस्तै उनीहरूले काभ्रे जिल्लाबाहिर दियोमा वृद्धाश्रम ठिमी, ह्याप्पी होम्स बोडेगाउँ, आमाघर सोल्टीमोड, मानव सेवा आश्रम बुढानीलकण्ठ, सुनौलो पाइला जोरपाटी, कान्ति भैरव गुरुकुल जोरपाटीलगायतमा पनि तरकारी पु¥याएको जनाएका छन् । गोलभेँडा, खुर्सानी, आलु, काउली, सिमी, बन्दा, काँक्रो, बोडी, प्याज, फर्सी आदि वितरण गरेको छ । तरकारीसँगै क्लबले चामल, नुन, तेल र मस्यौरा पनि वितरण गरेको छ । गोरखापत्रबाट

Facebook Comments Box