रोशी सहकर्मी–फागुन ३,
२०७६,पनौती /

सिद्धार्थ बनस्थली बिद्यालयले बिद्यालयको ३३ औँ बार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ । पनौती नगरपालिका वडा न ८ मा रहेको उक्त बिद्यालयले रमाईलो सिद्धार्थ मेला २०७६ आयोजना गरेको थियो । मेलामा विभिन्न परिकारका स्टल राखिएको थियो । कार्यक्रममा बरिष्ठ गायक सुरेश अधिकारी लगायतका कलाकारहरुले गीत तथा नृत्य मार्फत मनोरञ्जन दिनुभएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम गरेका थिए । त्यस अवसरमा संविधान सभा सदस्य रामहरी सुवेदी, पनौती नगरपालिका वडा न ८ का वडा अध्यक्ष केशव बन्जारा लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments