रोशी सहकर्मी–जेठ २८,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा क्वारेन्टाईनमा बस्नेको संख्या १ सय रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । १३ वटा स्थानिय तहमा स्थापना गरिएको क्वारेन्टाईनमा आजको तथ्याङकमा १ सय जना रहेको कमाण्ड पोष्टले जनाएको छ ।

त्यस्तै आज जिल्लामा ४३ जनाको आरडिटि परिक्षण भएको छ र सबैको रिपोर्ट नेगेटिभ आएको छ । कमाण्ड पोष्टको अनुसार जिल्लामा हाल सम्म २ हजार ५६ जनाको आरडिटि परिक्षण भएकोमा ३८ जनाको रिपोर्ट पोजेटिभ आएको तर पिसिआर परिक्षणमा नेगेटिभ आएको छ । हाल जिल्लाको धुलिखेल अस्पतामा ८ र शिर मेमोरियल अस्पतालमा ५ गरी १३ वेडको आईसोलेसन कक्ष रहेको छ । त्यस्तै जिल्लाको विभिन्न स्थानिय तहहरुमा ६ सय ७४ वेडको क्वारेन्टाईन रहेको कमाण्ड पोष्टले जनाएको छ ।

यसैबिच जिल्ला प्रहरी कार्यलय काभ्रेले लकडाउन उल्लंघन गर्ने १४ मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय काभ्रेका डिएसपी कुमार बिक्रम थापाका अनुसार नियन्त्रणमा लिईएका मोटरसाईकल चालकलाई कारवाहि गरी छाडिएको छ ।

Facebook Comments