रोशी सहकर्मी–जेठ २८,
२०७७,काभ्रे/

तेमाल गाउँपालिका वडा नं. २ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । आज एक कार्यक्रमका बिच पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज), बागमती प्रदेशका प्रदेशसभा सदस्य रत्न ढकाल, नेकपा काभ्रेकी अध्यक्ष रुकु चौलागाई, पालिका अध्यक्ष सलाम सिं तामाङले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

वडा कार्यालय भवन शिलान्यासको क्रममा बोल्दै पुर्व ऊर्जा राज्यमन्त्री सुर्यमान दोङले विकास निर्माण कार्यमा राजनीतिकरण गर्न नहुने बताए । उनले विकास निर्माणमा राजनीतिकरण गरेमा त्यो समाजको हितमा नहुने र योजना सफल हुने समेत बताए ।

त्यसैगरी बागमती प्रदेशका प्रदेशसभा सदस्य रत्न ढकालले प्रदेश सरकारले कृषिमा केन्द्रित रहेर विभिन्न कार्यक्रमहरु ल्याउने बताए । उनले विदेशमा अलपत्र परेका नागरिकहरुलाई नेपाल फर्काउन र देश भित्रकै बेरोजगार युवाहरुलाई रोजगारीको वातावरण सिर्जना गर्ने कार्यक्रम प्रदेश सरकारले ल्याउने बताए ।

गाउँपालिकाका अध्यक्ष सलाम सिङ तामाङले वडा कार्यलय भवन निर्माणको निमित्त पालिकाबाट २० लाख बजेट बिनियोजन गरिएको जानकारी दिए । अध्यक्ष तामाङले यस पटक केन्द्र र प्रदेश गरि गाउँपालिकाको निमित्त ३० करोड ८८ लाख रुपैया रकम विनियोजन भएको र उक्त रकमको सहि दिुपयोग गर्ने बताए ।

वडा अध्यक्ष तिमाल सिं तामाङले वडा कार्यलय भवन निर्माणले छिट्टै गति लिने बताए । “चालु आर्थिक वर्षमा वडा भवनको पिल्लर उठाउने काम मात्रै सकिन्छ, बाँकि अर्को आर्थिक वर्षमा सम्पन्न हुन्छ” वडाध्यक्ष तामाङले बताए । उनका अनुसार वडा कार्यालय निर्माणका लागि पालिकाले ४० लाख रुपैयाँ विनियोजन गरेको तर साविकको वडा नम्बर ९ लप्सेमा चरम खानेपानी चरम अभाव भएका कारण २० लाख रुपैयाँ खानेपानी आयोजना निर्माणका लागि छुट्याईएको बताए । याङमेल खोलाबाट लिप्ट गरिएको पानीबाट करिब १ सय ५० घरधुरी लाभान्वित हुनेछन् । लप्से खानेपानी आयोजनाले छिट्टै पुर्णता पाउने वडा अध्यक्ष तामाङले बताए ।

Facebook Comments