काभ्रे,
फागुन ९ देखी ११ गतेसम्म काभ्रे जिल्लामा ‘प्रथम जिल्ला ब्यापी राष्ट्रपति रनिङ्ग शिल्ड महोत्सव’ सञ्चालन हुने भएको छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्नुहुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानबीर वाईबाले जानकारी दिनुभयो । राष्ट्रपति रनिङ्ग शिल्ड महोत्सवमा काभ्रे जिल्लाका १३ वटै पालिकाका खेलाडी सहभागि हुनेछन् ।
अधिकांश खेलहरु बनेपा नगरपालिका वडा नम्बर ६ स्थित जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा सञ्चालन हुने बताईएको छ । जिल्लाका १३ वटै पालिकाले सम्पन्न गरेको पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा उत्कृष्टता हासिल गरेका खेलाडीहरु जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड महोत्सवमा सहभागि हुनेछन् ।