रोशी सहकर्मी–असार ८,
२०७७,धुलिखेल/

कोरोना नियन्त्रणमा अग्रह मोर्चामा खट्नुपर्ने स्वास्थ्य कर्मीको चौँरीदेउराली गाउँपालिका निवासी रामबहादुर गौतमले कोरोना बीमा गराइदिएका छन । निर्माण व्यवसायी समेत रहेका गौतमले जिल्लाभरका स्वास्थ्यकर्मीको कोरोना बीमा गराइदिएका हुन ।

उनले आज (आइतबार) प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई ७४९ जना स्वास्थ्यकर्मीको बीमा बापतको रकम हस्तान्तरण गरे । प्रतिव्यक्ती छ सय का दरले जम्मा हुन आउने चार लाख ४९ हजार चार सय रुपियाँको चेक प्रमुख जिल्ला अधिकारी तिमिल्सिनालाई हस्तान्तरण गरेका थिए । प्रतिव्यक्ती एक लाखको कोरोना बीमा भएको छ । गौतमले स्वास्थ्यकर्मीको प्रोत्साहनका लागि कोरोना बीमा गरिदिएको बताए ।

Facebook Comments