काभ्रे,रेडियो रोशी,
रोशी–९ स्थित मंगलटार स्वास्थ्य चौकीमा सञ्चालित शारीरिक अपाङ्गता पहिचान तथा पुनस्र्थापन घुम्ती शिविरबाट ३९ जनाले हाडजोर्नी सम्बन्धी सेवा पाएका छन् । गाउँपालिका अध्यक्ष दिनेस लामाको अध्यक्षतामा सम्पन्न शिविरमा पुरुस १६ जना तथा महिला २३ जना गरेर ३९ जनाले हाडजोर्नी सम्बन्धी सेवा लिएका हुन् ।
जसमध्ये ४ जनालाई थप उपचारका लागि विकलाङ्ग मित्र समूह÷अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र (एच.आर.डि.सी) बनेपा रिफर गरिएको छ । त्यसैगरी एक जना सेवाग्राहिलाई ह्वील चेयर प्रदान गरीएको छ । एच.आर.डि.सी का डाक्टर बिवेक लामा लगायतको टोलिले हाँडजोर्नीको चेकजाँच गरेका थिए ।
शिविरमा आगोले पोलेर अङ्गहरु एक आपसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको, हात÷खुट्टा भाँचिएर बाङ्गो भएकोे वा हड्डी नजोडिएको, जोर्नीहरु दुख्ने÷सुन्निने÷बाङ्गिएको वा खुस्किएको, हड्डी पाकेर लामो समयदेखि पिप आइरहने लगायत हाडजोर्नीसँग सम्बन्धीत सम्पुर्ण समस्याहरुको चेकजाँच गरीएको थियो । गाउँपालिका अध्यक्ष दिनेस लामाको अध्यक्षतामा सञ्चालन भएको शिविरमा उपाध्यक्ष मिम बहादुर वाईबा (ज्वाला), वडा अध्यक्ष जनम तामाङ लगायतको सहभागिता रहेको थियो ।
विकलाङ्ग मित्र समूह÷अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र (एच.आर.डि.सी) बनेपा र रिमरेक धुलिखेल काभ्रेको संयुक्त आयोजना, सि.बि.एम. ग्लोबलसँगको साझेदारी तथा रोशी गाउँपालिकाको सहकार्यमा रोशीका बिभिन्न ३ स्थानमा हाडजोर्नीसँग सम्बन्धीत शिविर सुरु भएको छ ।
शिविर अन्तर्गत भोलि १३ गते रोशी–७ स्थित रोशी मा.वि कटुञ्जे र पर्सी १४ गते रोशी–१ स्थित रोशी अस्पताल, फलामेसाँघुमा बिहान १० बजेदेखी दिउँसो २ बजेसम्म शिविर सञ्चालन हुने छ ।