काभ्रे,
नेपाली काँग्रेसले विद्यालय शिक्षा विधेयकका बारेमा आज र भोलि छलफल गर्दैछ । काँग्रेसले आन्दोलनरत र शिक्षा विधेयकमा असन्तुष्ट शिक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिसँग आजदेखि छलफल गर्न लागेको हो । संसद भवन नयाँवानेश्वरमा आज र भोलिका लागि छलफलको आयोजना गरिएको नेपाली काँग्रेसले जनाएको छ । छलफल दिउँसो १ बजेबाट सुरु हुने छ ।
यही असोज ५ गते सरकारसँग सहमति गरेका शिक्षक महासङ्घ र असन्तुष्ट राहत शिक्षक केन्द्रीय समितिलगायतका शिक्षक सङ्गठनलाई आज बोलाइएको छ भने भोलिको छलफल शिक्षाविद्, शिक्षा मन्त्रालयलगायतसँग हुनेछ ।