रोशी सहकर्मी–श्रावण २,
२०७७,काभ्रे/

जिल्लामा रहेको १३ वटा स्थानिय तहमा नेपाल शिक्षक संघले ज्ञापन पत्र बुझाएको छ । आज एकै समयमा संघका कार्यसमिति अध्यक्षहरु मार्फत गाउँपालिका र नगरपालिकाका प्रमुखहरुलाई ज्ञापनपत्र बुझाईएको हो । संघमा आवद्ध शिक्षकहरुले पेसागत संगठनको नाताले सत्तापक्ष भन्दा अलग देखिएता पनि आफुले गर्नुपर्ने सम्पुर्ण सहयोगमा कुनै कमी आउन नदिने तर आम शैक्षिक क्षेत्रमा देखिएका समस्याहरुमा आफुहरु मुकदर्शक भएर बस्न नसक्ने उल्लेख गरे ।

ध्यानाकर्षण पत्रमा ‘२०५७ साल अघि स्थायी नियुक्ति पाई प्राविधिक रुपमा २ ग्रेड खाँदै आएका शिक्षकहरुलाई निजामति सरह २ ग्रेड उपलब्ध गराउने सम्मानित सर्वोच्च अदालतको फैसला, अर्थ मान्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्रलाई कार्यन्वयन गर्न, विद्यालयमा क्वारेन्टिनको व्यवस्था तत्काल हटाई स्वच्छ एवं स्वास्थ वातावरण कायम गर्न, यस गाउँपालिका÷नगरपालिकामा अध्यापनरत सम्पुर्ण शिक्षक र विधार्थिहरुलाई पि.सि.आर. माध्यमबाट परिक्षण गर्न, यस पालिकामा कार्यरत सबै शिक्षकको स्वास्थ्य विमा गर्न र पि.पि.ईको व्यवस्था गर्न, कम्तीमा आधारभुत तहसम्मका बालबालिकाको लागि दिवा खाजा अविलम्ब शुरुवात गर्न, पालिकाभित्रका सबै विद्यार्थीको् लागि एउटै ड्रेस कोड व्यवस्था गर्न, पालिका भित्र कार्यरत सबै शिक्षकको लागि परिचयपत्रको व्यवस्था गर्न, बाल विकास केन्द्रमा कार्यरत सम्पुर्ण सहयोगी कार्यकर्ता र कर्मचारीको लागि सरकारले तोकेको न्युनतम वेतन बमोजिमको पारिश्रमिक उपलब्ध गराउन, पालिका भित्रका माध्यमिक विद्यालयलाई विषयगत दरबन्दी उपलब्ध गराउन, तलबभत्ता लगायतका निकासा समयमा नै गर्न, घर अपायक शिक्षकलाई घर पायक सरुवा गर्न, अस्थायी राहत शिक्षकको समेत सञ्चयकोष, विमाको व्यवस्था गर्न, पालिकाबाट नियमित विद्यालय निरिक्षण अनुगमनको व्यवस्था गर्न’ भनिएको छ ।

Facebook Comments