यश कुमार परियार–साउन ६,
२०७७,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिकामा स्वास्थ्य तथा अपाङ्गता परिक्षण घुम्ति शिविर सम्पन्न भएको छ । अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा काभ्रेको आयोजना, नमोबुद्ध नगरपालिकाको समन्वय र डि.एच.आर.एफ परियोजना ए.एच.एफको साझेदारीमा एक दिने शिविर संचालन भएको हो ।

कार्यक्रममा शारीरिक अपाङ्गता भएका १८ वर्ष सम्मका बालबालिकाहरुको स्वास्थ्य जाँच, फिजियो थेरापी (भौतिक चिकित्सा), नर्सिङ सेवा, कोभिड १९ (कोरोना भाईरस) सम्बन्धी परामर्स दिईएको थियो । साथै विरामी बालबालिकालाई आवश्यकता अनुरुप निःशुल्क औषधी, स्वास्थ्य तथा सरसफाई सामग्री साथै बैसाखी, वाल्कर आदि वितरण गरिएको नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख तारा सुनुवारले जानकारी दिईन् । उनका अनुसार आज १८ जना बालबाकिाको स्वास्थ्य जाँच भएको छ ।

शिविरमा डि.एच.आर.एफको तर्फबाट रुद्र प्रसाद सापकोटाको नेतृत्वमा १० जनाको चिकित्सक टोलीले सेवा दिएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख राम देवी तामाङ, महिला तथा बालवालिका शाखा प्रमुख तारा सुनुवार, शिक्षा तथा खेलकुद शाखा प्रमुख जनार्दन रिजाल लगायतको उपस्थिति थियो ।

Facebook Comments Box