रोशी सहकर्मी–साउन ९,
२०७७,काभ्रे/

काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आवश्यक कक्षको व्यवस्थापन गरी काम शुरु गरेको हो ।

असार ३१ गतेदेखि शुरु गरिएको विवरण भर्ने क्रममा आजसम्म ६१ जनाले विवरण भरिसकेको विवरण दर्ता अपरेटर सीता भण्डारीले बताइन् । विवरण भर्नका लागि पहिला हामीले फोटो खिच्छौं, त्यसपछि औँंठाछाप, डिजिटल हस्ताक्षरलगायतका विवरण भरेपछि आधिकारिक प्रतिनिधिबाट स्वीकृत भएपछि हामीले सम्बन्धित व्यक्तिलाई एक प्रति दिन्छौँ र एक प्रति कार्यालयमा राख्छौँ, उनले भनिन्, माथिबाट परिचयपत्र तयार भएर आएपछि बोलाएर वितरण गर्नेछौँ । राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आउनेहरुका लागि जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गरेको कक्षमा दुई जना विवरण दर्ता अपरेटरले काम गरिरहेका छन ।

व्यक्तिको सबै विवरण लिनका लागि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरेको काभ्रेपलाञ्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमार्गांइले बताइन् । गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन विभागबाट सो कार्य भइरहेको उनले बताइन् । रासस

Facebook Comments Box