काभ्रे,
बनेपा नगरपालिका १३ मा खाना पकाउने ग्याँस लिग भई आगलागी भएको छ । पुरानो साँगा बस्ने बद्रिनाथ जोशीको ईट्टा र जस्ताले छाएको ३ तले घरको तेस्रो तल्लाको किचनकोठामा ग्यास लिग भई आगोलागि भएको हो । मानविय तथा चौपया क्षति केही नभएको जानकारी प्राप्त भएको छ। बनेपा, भक्तपुर र धुलिखेलको दमकलसहित निभाउने प्रयास जारी छ ।